सुनको भाउ घट्यो

काठमाण्डु टुडे २०७६ कार्तिक ५ गते ११:४२ मा प्रकाशित

काठमाण्डु,५कात्तिक–सुनको भाउ मंगलबार २०० रुपैयाँले सस्तो भएको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा भाउ तोला २०० रुपैयाँले घटेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि २०० रुपैयाँ नै घटेर प्रतितोला ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us