साताको दोस्रो दिनमै नेप्सेमा गिरावट

काठमाण्डु टुडे २०७६ कार्तिक ४ गते १६:०१ मा प्रकाशित

काठमाण्डु , ४ कात्तिक – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.३३ अंकले सोमबार गिरावट भएको छ ।

आज नेप्से ११३२.४० बिन्दूमा झरेको छ । कुल १४५ वटा कम्पनीका ६ लाख ८ हजार कित्ता शेयर १६ करोड ४३ लाख रुपैयाँभन्दा केही बढीको मात्रै कारोबार भएको छ ।
आज कारोबारमा आएका समूहमध्ये बैकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र उत्पादन समूहमा गिरावट आएको छ भने बाँकी समूह बढेका छन् । यस दिन पनि प्रभु बैंकको शेयर कारोबार उच्च भएको छ । केही दिनदेखि प्रभु बैंकको सबैभन्दा कारोबार हुँदै आएको छ । आज यस बैंकको एक करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । समग्र परिसूचकमा गिरावट आएको दिन घोडीघोडा लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ४.८१ प्रतिशतले बढेको छ । त्यस्तै एभरेष्ट बैंकका संस्थापक लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।

यस कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us