काठमाण्डु, ४ कात्तिक– नेपालको स्थापित र लोकप्रिय ब्राण्डका रुपमा स्थापित मारुती सिमेन्टले तिहार तथा छठका अवसर पारेर उपभोक्ता लक्षित ‘चाँदीको झिलिमिली’ नामक आकर्षक योजना ल्याएको छ ।
उक्त योजनाअन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा ‘स्योर सट’ उपहारका रुपमा १० ग्राम चाँदीका सिक्का तुरुन्तै प्राप्त गर्न सक्नेछन् । यो योजना २०७६ कात्तिक १६गतेसम्मका लागि नेपालभर लागू गरिएको मारुतीले जनाएको छ ।
मारुती सिमेन्ट नेपालकै उत्कृष्ट मानिएको उदयपुरको पहाडी क्षेत्रमा आफ्नै चुनढुङ्गा खानीबाट अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक ‘रोटरी टेक्नोलोजी’ को ‘ग्रिनफिल्ड प्लान्ट’ बाट प्रमाणित ओ.पी.सी. ब्राण्ड हो । मारुती आईएसओ प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त विश्वासिलो सिमेन्ट कम्पनी हो ।