काठमाण्डु , १ कात्तिक – आज सुनको भाउ स्थिर रहेको छ ।
बिहिबार प्रतितोला ७० अजार ६ सयमा कारोवार भएको सुनको मुल्य शुक्रबार स्थिर रहेको हो । आज प्रतितोला छापावाल सुन ७० अजार ६ सय रुपैंयामा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
तेजावी सुन पनि हिजोकै भाउमा कारोवार भइरहेको छ ।
हिजो तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैंयामा कारावार भएको थियो ।
त्यस्तै चाँदीको मुल्यमा भने रु. ५ रुपैंयाले बढेर प्रतितोला ८ सय ५० रुपैंयामा कारोवार भइरहेको छ ।