काठमाण्डु,३०असोज– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सामान्य अंकको सुधार देखिएको छ ।
आज शून्य दशमदव ७१ अंकले बढेर ११३७.७५ बिन्दूमा पुगेको छ ।अघिल्लो बुधबार ५ अंकभन्दा बढी घटेको थियो ।
कुल १६० वटा कम्पनीको ९ लाख ९८ हजार कित्ता शेयर १८ करोड २९ लाख रुपैयाँभन्दा केही बढीको मात्रै कारोबार भएको छ ।