यूएईका तीन खिलाडी आईसीसीबाट निलम्बित

काठमाण्डु टुडे २०७६ असोज ३० गते १२:४२ मा प्रकाशित

एजेन्सी–यूएईका कप्तान मोहम्मद नविदसहित तीनजना खिलाडी निलम्बनमा परेका छन ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले यूएईका कप्तान मोहम्मद नविद, शैमन अनवर र दाहिने हाते तिब्र गतिका बलर कादिर अहमद तात्कालै लागू हुने गरी निलम्बन गरेको हो ।
आईसीसीले बुधबार जारी गरेको वक्तब्यमा तीनै जना खिलाडीले अनियमितताको प्रयास गरेको अभियोग लगाइएको छ । कप्तान नविदलाई गत् शुक्रबार मात्रै राजिनामा गरेपछि उनलाई टिमबाट बाहिर गरिएको थियो ।

उनको स्थानमा ३१ वर्षिय तिब्र गतिका बलर अहमद राजालाई कप्तानको जिम्मेवारी दिइएको छ ।
यू ए ईले शुक्रबारदेखि आईसीसी विश्वकप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको छनौट खेलहरु सुरु गर्दैछ ।

आगामी नोभेम्बरमा अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकपको छनौट खेलहरु भईरहँदा यूएईका तीन खिलाडी आईसीसीको निलम्बनमा परेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us