सर्वाधिक ‘गोल्डेन शु’ जित्ने एक्लो खेलाडी मेस्सी

काठमाण्डु टुडे २०७६ असोज ३० गते ११:२३ मा प्रकाशित

एजेन्सी, अर्जेन्टिनाका कप्तान तथा स्पेनिस क्लब बार्सिलोनाका स्टार लियोनल मेस्सीले छैटौं पटक गोल्डेन शु अवार्ड जितेका छन् ।

बुधबार एक बिशेष कार्यक्रम आयोजना गरी मेस्सीलाई गोल्डेन शु अवार्ड प्रदान गरिएको हो ।
युरोपियन लिगमा यस सिजन सवार्धिक गोलकर्ता बन्दै मेस्सीले गोल्डेन शु अवार्ड जितेका हुन् । अर्जेन्टिनाका मेस्सीले यस सिजन ३६ गोल गरेर यस अवार्ड आफ्नो बनाएका हुन् ।

यस अवार्ड जित्न मेस्सीले पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पेलाई ३ गोलले पछि पारेका थिए । शुक्रबार भएको सिजनको अन्तिम खेलमा रिम्सविरुद्ध एक गोल गरेका एमबाप्पेले ३३ गोल गरेका थिए ।

मेस्सीले यो लगातार तेस्रो पटक गोल्डेन शु अवार्ड जितेका हुन् । योसँगै मेस्सी लगातार तेस्रो सिजन गोल्डेन शु जित्ने पहिलो खेलाडी समेत हुन् । यस्तै मेस्सीको यो समग्रमा छैटौं गोल्डेन शु हो । र, मेस्सी सर्वाधिक गोल्डेन शु जित्ने एक्लो खेलाडी हुन् ।मेस्सी भन्दा पछि युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रहेका छन् ।

उनले चार पटक यस अवार्ड उचालेका छन् ।

epa07925293 FC Barcelona’s Argentinian striker Lionel Messi poses for photographers after receiving his sixth Golden Shoe trophy during a ceremony in Barcelona, Spain, 16 October 2019. Messi received his sixth Golden Shoe award as top scorer in all European soccer leagues of the 2018-19 season with a total of 36 goals for FC Barcelona. EPA/ANDREU DALMAU

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us