पारसलाई राजीनामा फिर्ता लिन क्यानको आग्रह

काठमाण्डु टुडे २०७६ असोज २९ गते १७:२२ मा प्रकाशित

काठमाण्डु,२९असोज–नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पारस खड्कालाई कप्तानको राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् ।

महिला क्रिकेटको पहिलो फ्रेन्चाईज लिग वुमेन च्याम्पियन्स लिग डब्लुसीएलको उद्घाटन समारोहमा चन्दले पारसलाई राजीनामा फिर्ता लिन आग्रह गरेका हुन् ।

पारसले अचानक कप्तानीबाट राजीनामा दिँदा क्यानका पदाधिकारीहरु आश्चर्यमा परेको समेत चन्दले बताए ।

९ वर्षदेखि राष्ट्रिय टिमकाे कप्तानी सम्हालेका पारसले मंगलबार अचानक राजीनामा दिएका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us