बौद्धिक सम्पत्ति संरक्षणको माग गर्दै सडकमा उत्रिए कलाकार

काठमाण्डु टुडे २०७१ वैशाख १३ गते १३:०१ मा प्रकाशित

DSC02100काठमाण्डु १३ वैशाख – नेपालका स्रष्टा सर्जकले बौद्धिक सम्पत्ति संरक्षणको माग गरेका छन् ।

विश्व बौद्धिक सम्पत्ति दिवशको अवसरमा सवैखाले बिधाका कलाकार र उत्पादकले राज्यले बौद्धिक सम्पत्ति संरक्षणमा जोड दिनुपर्ने बताए ।

दिवश मुभी अ ग्लोवल प्यासन भन्ने मूलनाराका मनाइएको हो । बौद्धिक सम्पत्ति सम्बन्धि महासन्धी कार्यान्वयनमा आएको दिनको सम्झनामा अप्रिल २६ तारिखका दिन बौद्धिक सम्पत्ति दिवस मनाईन्छ ।

आफ्नो बुद्धिविवेक प्रयोग गरी सिर्जना गरेका कुरा नै बौद्धिक सम्पत्ति हुन् ।

मानिसलाई भौतिक सम्पत्ति स्वामित्वको अधिकार भएजस्तै आफूले सिर्जना, रचना गरेका सामग्रीमा स्वामित्वको हकदावी गर्ने कानुनले अधिकार दिएको छ । बिभिन्न नारासहित कलाकारहरु भृकुटी मण्डपदेखि खुल्लामञ्चमा पुगेर सभा गरेका थिए ।

सभामा सूचना तथा संचार मन्त्री मिनेन्द्र रिजालले बौद्धिक सम्पत्तिबारे कडा कानून ल्याउने बताए । सर्जकको सिर्जनशील सम्पत्तिप्रति राज्य चनाखो हुने रिजालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us