फेरि घट्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ असोज २९ गते ११:४५ मा प्रकाशित

काठमाण्डु, २९ असोज— साताको चौंथो दिन आज सुनको मुल्यमा गिरावट आएको छ । हिजो तोलामै ७सयले बढेको सुन आज १ सयले घटेको हो ।
बुधबार छापावाल सुन प्रतितोला ७० हजार ६ सय रुपैंयामा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैंयामा कारोवार भइरहेको छ । भने चाँदीको मुल्यमा पनि गिरावट आएको छ ।

हिजो प्रतितोला ८६० मा कारोवार भएको चाँदी बुधबार प्रतितोला ८५० रुपैंयामा कारोवार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us