आज अमेरिकी डलरको भाउ यस्तो

काठमाण्डु टुडे २०७६ असोज २९ गते ११:३३ मा प्रकाशित

काठमाण्डु , २९ असोज— नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १२५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ २६ पैसा रहेको छ ।
यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २५ पैसा र बिक्रीदर २७ रुपैयाँ ३९ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us