माधव नेपालले केपी ओलीलाई भने, ‘गाली गरेर नेतृत्व पाइँदैन’

काठमाण्डु टुडे २०७१ वैशाख १३ गते १३:५८ मा प्रकाशित

काठमाण्डु, १३ वैशाख– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी नेतृत्वका लागि वैचारिक प्रतिस्पर्धामा उत्रन नेता केपी ओलीलाई चुनौती दिएका छन् ।
madhav kumar nepalएमाले धादिङ–काठमाण्डु सम्पर्क मञ्चले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले अर्कालाई गाली गरेकै भरमा नेतृत्व लिने सपना नदेख्न ओलीलाई आग्रह गरे ।

‘नेतृत्वका लागि वैचारिक प्रतिस्पर्धामा आउनुपर्‍यो’, ओलीलाई संकेत गर्दै नेपालले भने, ‘गाली गलौज गरेर खुट्टा उचाल्दैमा नेतृत्व पाइँदैन ।’ नेपाल र ओली दुवै पार्टीको नवौं महाधिवेशनबाट अध्यक्ष बन्ने होडमा छन् ।

]नेता नेपालले आफू अध्यक्षमा जो सुकैसँगै स्वच्छ वैचारिक प्रतिस्पर्धाका लागि तयार रहेको भन्दै नेतृत्व हत्याउन पार्टीकै अर्का नेताविरुद्ध गाली गलौज गरिएको भन्दै आपत्ति जनाए ।

उनले अरुको पालो पुग्यो अब मेरो पालो भनेर कसैले पार्टी नेतृत्व पाउन नसक्ने टिप्पणी गरे । ओलीले नेपालले यसअघि १६ वर्षसम्म कार्यकारी पदमा बसेर पार्टीको नेतृत्व गरिसकेको भन्दै अब आफ्नो पालो भएको बताउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us