कप्तानको जिम्मेवारी इमान्दारीपूर्वक पुरा गरे –पारस

काठमाण्डु टुडे २०७६ असोज २८ गते १७:२६ मा प्रकाशित


काठमाण्डु,२८असोज– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफुले इमान्दारीपूर्वक कप्तानको जिम्मेवारी पुरा गरेको बताएका छन् ।
कप्तानबाट राजिनामा दिएपछि एक कार्यक्रममा बोल्दै कप्तान पारसले आफुले आफ्नो कप्तानीको कार्यकाल इमान्दार भएर पुरा गरेको बताएका हुन् । ’मलाई क्रिकेट संघले जुन जिम्मेवारी दिए । मैले त्यो जिम्मेवारी जति सक्दो इमान्दारीपूर्वक पुरा गर्ने कोशिस गरे पारसले भने ।
सन् २००४ मा सिनियर राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका पारसले सन् २००९ बाट कप्तानी सम्हालेका थिए । तर, पारसले आज प्रेस विज्ञप्ति निकाल्दै १० वर्षे कप्तानी यात्रा अन्त्य गर्ने घोषणा गरेका थिए । यस्तै पारसले अबको कप्तानी छनोटको जिम्मा संघका पदाधिकारीले गर्ने बताए । अबको कप्तान को बन्छ भन्नेमा मेरो निर्णय हुँदैन । मलाई पनि पहिले भनिएको थिएन ’ पारसले भने, ’अबको कप्तान छनोट क्रिकेट पदाधिकारीले गर्नु हुनेछ । जो कप्तान आएपनि नेपाल क्रिकेटको जित हुनुपर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us