पोर्चुगल हार्दा क्रिष्टियानोको सातसय गोल पुरा

काठमाण्डु टुडे २०७६ असोज २८ गते १३:५६ मा प्रकाशित


एजेन्सी –क्रिष्टियानो रोनाल्डोले आफ्नो फुटबल क्यारियरको ७०० औं गोल पुरा गरेका छन।
यूरो कप छनौट खेलमा युक्रेन विरुद्ध गोल प्रहार गरी उनले ७०० औं गोल पुरा गरेका हुन । यद्दपी युक्रेन विरुद्ध पोर्चुगल १–२ को हार बेहोर्नुपर्यो । युक्रेनले जितपछि भने यूरो कप २०२० को लागि स्थान पक्का गरेको छ ।
क्रिष्टियानो रोनाल्डो जर्ड म्युलर, फेरेन्स पुस्कस, रोमारियो र जोसेफ बिकनसँगै सात सय गोल पुरा गर्ने खिलाडीको समूहमा आबद्ध छन । पोर्चुगलको प्रतिनिधित्व गरी उनले गरेका यो ९५ औं गोल हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us