सानिमा बैंकले २१ प्रतिशत लाभांश दिँदै

काठमाण्डु टुडे २०७६ असोज २८ गते १३:०३ मा प्रकाशित


काठमाण्डु,२८असोज– सानिमा बैंकले असोज २९ गते १५ औं वार्षिक साधारण सभा हुने भएको छ । साधारण सभामा गत आवको मुनाफाबाट प्रस्तावित ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयरको प्रस्तावमाथि छलफल गरी पारित गर्ने कार्यक्रम तय भएको छ ।
बोनस शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पुँजी८ अर्ब १२ लाख ५५ हजारलाई वृद्धि भई ८ अर्ब ८० करोड १३ लाख ८० हजार बनाउन प्रबन्धपत्र संशोधनको प्रस्ताव समेत सभाको लागि तय भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us