एकै दिनमा ७ सयले बढ्यो सुन

काठमाण्डु टुडे २०७६ असोज २८ गते ११:४० मा प्रकाशित

काठमाण्डु , २८ असोज – एकै दिनमा छापावाल सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।

सोमबार तोलामा एक सय रुपैयाँ घटेर तोलाको ७० हजार रुपैयाँमा झरेको छापावाल सुन ७ सयले बढेको हो । आज प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै एक दिन यता स्थिर रहेको चाँदीको मुल्य पनि बढेको छ ।

मंगलबार चाँदी प्रतितोला १५ रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us