कोरियाली पप स्टार सुली मृत फेला

काठमाण्डु टुडे २०७६ असोज २८ गते १०:५३ मा प्रकाशित

एजेन्सी – कोरियाली पप स्टार सुली मृत फेला परेकी छन् ।

२५ वर्षीया गायिकालाई पुलिस अधिकारीले दक्षिण कोरियाको सियोल नजिकै उनको घरमा मृत फेला पारेको हो ।
मृत्युको कारण पत्ता लगाउनका पुलिसले अहिले अनुसन्धान गरिरहेको छ । उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । इन्स्टाग्राममा ५० लाख बढी फलोअर्स भएकी पप स्टार उनी सन् २०१५ मा अभिनय क्षेत्रमा प्रवेश गरेकी थिइन् ।
दक्षिण कोरियामा पप स्टारलाई आइडल मानिन्छ ।

सुलिलाई धेरैले विवादास्पद व्यक्तिको रुपमा हेर्ने गर्दथे । उनले आफ्ना प्रशंसकलाई आफ्नो शरीर कसरी देखाउने भन्ने कुरामा आफ्नो निर्णय हुने उनी बारम्बार बताउने गर्थिन् ।
उनी ‘नो ब्रा’ स्क्यान्डलमा पनि समावेश भइन् जहाँ उनले विभिन्न कार्यक्रममा थुप्रै पटक ‘निप्पल’ पनि देखाएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us