माछापुच्छ्रे बैंकको साधारण सभा सम्पन्न

काठमाण्डु टुडे २०७६ असोज २७ गते १५:०६ मा प्रकाशित

काठमाण्डु , २७ असोज— माछापुच्छ्रे बैंकको २१औँ वार्षिक साधारण सभाले बैंकको आर्थिक बर्ष २०७५\७६ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीलाई हालको चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्तापुँजीको ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश ९बोनस एवम् नगद लाभांशमा लाग्ने कर सहित० प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तिय संस्था एक आपसमा गाभ्न\गाभिने सम्बन्धि कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ७ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us