काठमाण्डु , २७ असोज— दशैं अघि केहि बढेको सुनको मुल्य दशैं सकिएसँगै घट्न थालेको छ । साताको दाेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ ।
आइतबार छापावाल सुन प्रतितोला ७० हजार १ सय रुपैंयामा कारोवार भएकोमा आज एक सयले घटेर प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको सुचाँदी व्यवसायी महासंघले बताएको छ ।
यता चाँदीको मूल्य भने आज पनि यथावत छ । चाँदी आज पनि प्रतितोला आठ सय ४५ रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।