सी स्वागतको लागि २० करोड खर्च

काठमाण्डु टुडे २०७६ असोज २६ गते १०:१६ मा प्रकाशित


काठमाण्डु,२६असोज–छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने दुई दिने राजकीय भ्रमणलाई लक्षित गरी सरकारले सजावटमा मात्रै २० करोड खर्च गरेको छ ।
नेपाल सरकार र काठमाण्डु महानगरपालिकाको सहयोगमा राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना र फोहोर थुप्रिएका ठाउँ रंगिन ब्यानरले छोपिएको छ ।
अस्तव्यस्त तीनकुने पार्कको बाहिर फू र बिरुवा रोपिएको छ । विमानस्थल–तीनकुने–वानेश्वर–माइतीघर हुँदै लाजिम्पाटसम्म सडक कालोपत्रे र सजावट गरिएको छ । सडक आसपास निर्माणाधीन संरचनालाई विभिन्न आकृतिका रंगीन ब्यानरले ढाकिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us