आजको सुनको भाउ यस्तो

काठमाण्डु टुडे २०७६ असोज १७ गते ११:२४ मा प्रकाशित

काठमाण्डु , १७ असोज – शुक्रबार सुनचाँदीको मुल्य स्थिर भएको छ ।

नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य ७० हजार ९०० मा कारोबार भएको छ । बिहीबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने शुक्रबार ७० हजार ६०० मा कारोबार भएको छ ।
यस्तै चाँदी पनि बिहीबारकै मूल्यमा कारोबार भएर तोलामा रु ८५० मा कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us