काठमाण्डु , १६ असोज — दशैं नजिकिएसँगै नेप्सेमा वुद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक दशैं र साताको अन्तिम कारोबार दिन बिहीबार करिब नौं अंकले वृद्धि भएपछि सुखद भएको हो । बिहीबार नेप्से ८.६९ अंकले बढेर ११४९.४० बिन्दूमा पुगेको छ ।
बिहीबार कुल १५३ वटा कम्पनीको ६ लाख ४७ हजारभन्दा बढी कित्ता शेयर साढे १७ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन कारोबारमा आएका समूहमा वित्त समूहबाहेक सबै समूहमा बढेको छ । यस दिन सोल्टी होटलको कारोबार उच्च भएको छ । यस कम्पनीको करिब सवा तीन करोडको कारोबार भएको छ । त्यस्तै बिहीबार युनिलिभर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै युनाइटेडका फाइनान्सका लगानीकर्ताले भने धेरै गुमाएका छन् ।
यस कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।