नेप्सेमा ओरालो

काठमाण्डु टुडे २०७६ असोज १५ गते १५:४९ मा प्रकाशित

काठमाण्डु , १५ असोज —लगातार १० अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चौथो दिन बुधबार पुनः ओरालो लागेको छ । बुधबार नेप्से ४.९८ अंकले घटेर ११४०.७१ बिन्दूमा झरेको छ ।

बुधबार कुल १६१ वटा कम्पनीको ७ लाख ८५ हजारभन्दा बढी कित्ता शेयर २० करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन कारोबारमा आएका समूहमा अन्य र सामूहिक लगानी कोष समूहबाहेक सबै समूहमा गिरावट आएको छ । यस दिन बैंक आफ काठमान्डू शेयर कारोबार उच्च भएको छ । यस बैंकको संस्थापक र साधारण शेयरको दुवैतर्फ उच्च कारोबार भएको छ । बुधबार नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य छ प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यस्तै हिमालयन पावर पार्टनरका लगानीकर्ताले भने धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us