लगातार घटेको सुनको भाउ आज फेरि बढ्यो

काठमाण्डु टुडे २०७६ असोज १५ गते १२:१७ मा प्रकाशित

काठमाण्डु , १५ असोज – लगातार घटेको सुनको भाउ बुधबार भने बढेको छ ।

मंगलबार तोलाको ६९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ६ सय रुपैयाँले बढेको हो । बुधबार प्रतीतोला ६९ हजार ८ सय रुपैयाँ कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै , चाँदीको भाउ पनि मंगलबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us