काठमाण्डु , १३ असोज— अघिल्लो दिन आइतबार नेप्से ४.६६ अंकले घटेर ११२५.१४ बिन्दूमा झरेको नेप्से परिसूचक सोमबार सुधार भएको छ । यस दिन नेप्सेमा १०.४२ अंकले सुधार भई ११३५.५६ बिन्दूमा पुगेको छ ।
सोमबार कुल १५७ वटा कम्पनीको ६ लाख ३३ हजारभन्दा बढी कित्ता शेयर १६ करोड ८८ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । लगातारको गिरावटपश्चात नेप्सेमा सुधार हुँदा लगानीकर्ता उत्साहित भएका छन् । यस दिन कारोबारमा आएका समूहमा अन्य समूहबाहेक सबै समूहमा सुधार भएको छ । यस दिन सन्साइज बैंकको कारोबार सबैभन्दा बढी भएको छ । यस बैंकको शेयर २ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सोमबार युनियन हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब ६ प्रतिशतले बढेको छ । त्यस्तै माउन्टेन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने धेरै गुमाएका छन् ।
यस कम्पनीको शेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ ।