काठमाण्डु, १२ वैशाख – व्यवस्थापिका–संसद्को आजको बैठकमा सुरक्षा विशेष समितिको नेपाली सेना परिचालन अनुमोदन प्रतिवेदन, २०७० पेस गरिएको छ ।
सुरक्षा विशेष समितिका सदस्य कुलबहादुर गुरुङले सो प्रतिवेदन अनुमोदनका लागि संसद्समक्ष पेस गरेका हुन् । त्यसैगरी बैठकले संविधानसभा (व्यवस्थापिका–संसद्को कार्यसञ्चालन) नियमावली, २०७० को नियम ११६ को उपनियम २ बमोजिम गठित संसदीय अध्ययन तथा सुझाव समितिका ज्येष्ठ सदस्य पद्मनारायण चौधरीले समितिको कार्यावधि थपसम्बन्धी प्रस्तुत गरेकोे प्रस्तावलाई सहमति दिएको थियो ।