ल्याण्डरोभर दुर्घटनामा एकको मृत्यु, छ जना गम्भीर घाइते

काठमाण्डु टुडे २०७१ वैशाख १२ गते ७:५७ मा प्रकाशित

धनकुटा, १२ वैशाख – धनकुटाको भेडेटार–३ सिम्सुवामा गएराति भएको ल्याण्डरोभर दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन् ।

तेह्रथुमको म्याग्लुङ बजारबाट धरानतर्फ जाँदै गरेको को१ज ३६९ नम्बरको ल्याण्डरोभर ब्रेक फेल भएर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी भारतको बेतिया जिल्ला खुटिया बिसम्भापुर बस्ने अन्दाजी ४० वर्षीय मुन्नाप्रसाद साहको घटनास्थलमै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते हुनेमा भारत बेतिया जिल्ला खुटिया बिसम्भापुरका दीपक साह, तेह्रथुम मोराझाङका अशोक राई, सुनसरी धरानका एलिसा श्रेष्ठ, तेह्रथुम सुदापका अजित लिम्बू तेह्रथुम मिराहाङका हर्ककुमार राई उनका १२ वर्षीय छोरा सुमन राई र १० वर्षीय सोवित राई गम्भीर घाइते भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us