दलित नागरिक समाजद्वारा आन्दोलनको उद्घोष

काठमाण्डु टुडे २०७१ वैशाख १२ गते ७:५३ मा प्रकाशित

ललितपुर, १२ वैशाख – संयुक्त राष्ट्रिय दलित नागरिक अभियानले छबुँदे माग अघि सार्दै दलित समुदायको हकहित र अधिकार प्राप्तिका लागि आन्दोलनमा जाने उद्घोष गरेको छ ।

राजनीतिक दलका दलित भ्रातृ सङ्गठन, दलित नागरिक समाज, पेसागत सङ्घसङ्गठन, पत्रकार, समाजसेवीलगायतको सहभागितामा आज बसेको संयुक्त बैठकले मन्त्रिपरिषद्मा दलितको प्रतिनिधित्व, नयाँ संविधानमा दलित अधिकारलगायत माग पनि गरेका छन् ।

मन्त्रिपरिषद्मा दलितको प्रतिनिधित्व, मन्त्रिपरिषद्बाट मनोनयन हुने २६ सभासद्भित्र दलित समुदायको प्रतिनिधित्व, विभिन्न संवैधानिक निकाय, कूटनीतिक नियोग, सरकारी निकायलगायत सबै संरचनामा दलित समुदायको समानुपातिक प्रतिनिधित्व तत्कालीन मागमा राखिएको मुक्ति समाजका महासचिव गणेश विकेले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us