काठमाण्डु, १२ वैशाख – व्यवस्थापिका संसद्ले आज सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी विधेयक पारित गर्ने तयारी गरेको छ ।
प्रमुख तीन दलका नेताहरुका तर्फबाट परेको संशोधन प्रस्तावसहित करिव २ दर्जन बुँदामा संशोधन परेको छ ।
आज संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गरेर विधेयकलाई अन्तिम टुंगोमा पु¥याइने भएको छ ।
कांग्रेस, एमाले र एमाओवादीका तर्फबाट बुधबार बेलुका संशोधन प्रस्ताव परेको छ भने साना दलका नेताहरुले पनि संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
आजको व्यवस्थापिका संसद्को बैठकमा शान्ति मन्त्रालयकोसमेत जिम्मेवारी सम्हाल्नुभएका कानुनमन्त्री नरहरि आचार्यले विधेयकलाई निर्णयार्थ पेश गर्ने सम्भावित कार्यसूची तयार भएको छ ।