भक्तपुर, १२ वैशाख – भक्तपुर प्रहरीले पुल हाउसहरूमा होहल्ला गर्ने र सार्वजनिक स्थानमा बसेर अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्ने अभियान थालेको छ ।
सोही अभियानअन्तर्गत बिहीबार करिब दुई दर्जन युवालाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेश थापाले जानकारी दिए ।
नगरका विभिन्न ठाउँमा सञ्चालित पुल हाउसबाट पक्राउ परेका दुई दर्जन युवामध्ये ६ जना सार्वजनिक स्थानमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको जानकारी उनले दिए ।
पुल हाउसहरूमा होहल्ला गरेको भन्ने जनगुनासो आएकाले सो अभियान थालेको प्रहरी प्रवक्ता थापाले बताए ।