संविधान जारी नहुँदासम्म यही सरकार कायम रहन्छ – बामदेव

काठमाण्डु टुडे २०७१ वैशाख ११ गते ११:५८ मा प्रकाशित

bamdevकाठमाण्डु, ११ वैशाख –   उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले नयाँ संविधान जारी नहुँदासम्म वर्तमान सरकार कायम रहने बताएका छन् ।

स्थानीय निकाय कर्मचारी सङ्घको तेस्रो राष्ट्रिय परिषद्को आज उद्घाटन गर्दै उनले एक वर्षभित्र संविधान जारी गर्न सत्तापक्ष दल एकमत रहेकाले सरकारले त्यस कार्यमा पूर्णरुपमा सघाउने प्रतिवद्धता व्यक्त गरे ।

एक वर्षभित्र संविधान जारी गर्ने, स्थानीय निकायको निर्वाचन गर्ने र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नु सरकारको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै गृहमन्त्री गौतमले सोहीअनुसार सरकारले आफ्ना क्रियाकलाप अघि बढाएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us