
ललितपुर, ११ वैशाख – पछिल्लो पटक सञ्चालनमा आएको साझा यातायातले एक वर्षको अवधिमा टिकट बिक्रीबाट रु चार करोडभन्दा बढी आम्दानी गरेको छ ।
पटकपटक विभिन्न समयमा बन्द रहँदै आएको साझा यातायात पछिल्लो पटक विसं २०६४ जेठदेखि करिब छ वर्ष बन्द थियो । विसं २०७० सालको सुभारम्भसँगै सञ्चालनमा आएको सो यातायातले एक वर्षको समय पार गरिसक्दा टिकट बिक्रीबाट रु चार करोड ३४ लाख ३३ हजार ८ सय ७० आम्दानी गरिसकेको साझाका प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार सरकारले निर्धारण गरेको भाडाअनुरुप टिकटको व्यवस्था गरी यात्रुबाट भाडा लिएको साझाले महिला र अपाङ्ग आरक्षणको कोटा सुनिश्चित गरी विद्यार्थीका लागि १० को टिकटको व्यवस्था गरेको छ ।
एक वर्षको समयमा साझा यातायातमा २९ लाख ८२ हजार ८२३ जना यात्रुले यात्रा गरिसकेका छन् । भाडाका लागि साझाले रुट र दूरीअनुरुप १०, रु १५, रु १७ र २० को टिकट निर्धारण गरेको छ ।
सफा बस र आरामसँग यात्रा गर्न सकिने भएकाले साझा यातायातको माग बढेको भए पनि आर्थिक स्रोतको खोजी भइरहेको र स्रोत जुट्नेवित्तिकै काठमाडौँ उपत्यका र उपत्यका बाहिरका लागि पनि बस थपिने साझाले जनाएको छ । mहाल साझासँग १६ बस छन् । ती बस उपत्यकामा दुई वटा रुट निर्धारण गरी सञ्चालनमा छन् ।