काडमाण्डु, ११ बैशाख – आफ्नो दैनिक रोजीरोटीप्रति प्रशासनले ठाडो हस्तक्षेप गरि कुटपिट गरेको विरोधमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवस्थित हरियो प्लेटका भाडाका सवारी साधनले आजदेखि आफनो सेवा बन्द गरेका छन् ।
पीडित मजदुरहरुले आज एक विज्ञप्ती जारी गरि विमानस्थलमा आफूहरुको सेवा बन्द रहने उल्लेख गरेका छन् । उनीहरुले हिजो भएको घटनामा दोषीहरुलाई कार्बाही गरि व्यवसायको वातावरण सुनिश्चित गर्न माग गरेका छन् । घटनाका विषयमा जानकारी दिदै अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष जे.बी कार्कीले ठुलो लगानी रहेको यो सेवालाई केही माफियाहरु पुन ध्वस्त बनाउन सक्रिय भएको आरोप लगाए । हरियो प्लेटका सवारी साधनले यतिवेला मासिक करिब ८ लाख रुपैया राजस्व समेत बुझाउदै आएका छन् । तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको सरकारको पाला पर्यटकहरुको सहजता र सुविधाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राखिएको हरियो प्लेटका सवारी साधनमाथि प्रशासनले हिजो धरपकड गरेको थियो ।
तत्कालीन सरकारले कालो प्लेटका सवारीलाई अनाधिकृत रुपमा रहेको जनाउदै करिब २ सय ८ वटा नया सवारी साधन विमास्थलमा भित्राउन अनुमति दिएको थियो । यद्धपी हाल गृहमन्त्री बामदेव गौतमको आडमा पुन कालो प्लेटका सवारी धनि पुरानै छवि कायम राख्न विमानस्थलमा धाउन थालेका छन् । सातवर्षका लागि करिब ५३ करोड रुपैयाको लगानीमा रहेको सो विमानस्थल हवाई यात्रु यातायात सेवा प्रा लिले विमानस्थलमा सेवाका लागि विमानस्थलसंग सात वर्षको सम्झौता गरेको छ ।