मेस्सी अभ्यासमा सामेल,च्याम्पियन्स लिग खेल्ने आश

काठमाण्डु टुडे २०७६ भदौ ३० गते ११:३४ मा प्रकाशित


काठमाण्डु,३०भदौ–नयाँ सिजन सुरु हुनअघि घाइते भएका बार्सिलोना कप्तान लियोनल मेस्सी आज टिमसँग अभ्यासमा सामेल भएका छन् । ला लिगाका चार खेल गुमाएका उनी च्याम्पियन्स लिगको पहिलो खेलमा खेल्ने आश बढेको छ । च्याम्पियन्स लिगको पहिलो खेलमा बार्सिलोनाले मंगलबार राति पौने १ बजे बोरुसिया डर्टमुण्डसँग खेल्दैछ । मेस्सी शतप्रतिसत ठिक नभई नखेलाउने पक्षमा बार्सिलोना प्रशिक्षक एर्नेस्टो भालभर्दे छन् । मेस्सी अभ्यासमा सामेल हुनाले अन्य खेलाडीको मनोबल बढ्ने उनको विश्वास छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us