झापा, ११ वैशाख – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले महाधिवेशनमा आफू अध्यक्षमा नउठ्ने प्रष्ट पारेका छन् । झापामा पत्रकारसँग कुरा गर्दै उनले सर्वसम्मत रुपमा अध्यक्ष बन्न आग्रह गरे त्यो भने स्वीकार गर्ने बताए ।
‘चुनाव भए म अध्यक्षमा उठ्दिन’ उनले भने ‘सहमतिमा मलाई दिए त्यो स्वीकार गर्छु’ । आफू पदको आकांक्षी नभएकाले चुनावी भिडन्तमा आफू नजाने उनले प्रष्ट पारे । एमालेको महाधिवेशनमा एमाले नेता केपी ओली र माधब नेपालले अध्यक्षमा उमेद्वारी दिने घोषणा भने गरिसकेका छन् । दुबै नेताहरु प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिसकेका छन् ।