अघिल्लो स्वामित्व ग्रहण गर्दै संविधान बनाउँछौं :प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ वैशाख ११ गते २:४९ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, ११ वैशाख – प्रधानमन्त्री सुशील कोईरालाले तोकिएकै मितिमा संविधान बन्ने दावी गरेका छन् ।

लोकतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री कोईरालाले अघिल्लो संविधानसभाले गरेका कामको स्वामित्व ग्रहण भैसकेकोले निर्धारित मितिमै संविधान बन्ने कार्यको प्रत्याभूति भैसकेको दावी गरेका हुन् ।

आउँदो माघ ८ गतेभित्र संविधान जारी गर्ने गरी कार्यतालिका बनेको छ ।

संविधानसभाको चुनावसँगै स्वदेशी र विदेशी लगानीकर्ताको उत्साह जागेको र देशमै रोजगारीका अवसर सिर्जना गर्नका लागि सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री कोईरालाले ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनआन्दोलनको घाईतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us