काठमाण्डु, ११ वैशाख –गिट्टी बोकेको ट्याक्टरले किच्दा सिरहाको राघोपुर ७ मा एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा राघोपुर–७ का विनोद पासवानका पाँच बर्षीय छोरा राहुल पासवान रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
बतहा खोलाबाट गिट्टी ल्याउँदै गरेको स.१ त. १९१ नम्बरको ट्याक्टरले सडकमा खेल्दै गरेका उक्त बालकलाई ठक्कर दिएको थियो ।
ट्याक्टरलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन्