काठमाण्डु, ११ वैशाख – समुदायमा आधारित जलवायु परिवर्तन अनुकूलसम्बन्धी आठौँ अन्तर्राष्ट्रिय सम्मेलन आज देखि काठमाडाँमा सुरुहुदै छ ।
नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय वार्ता प्रक्रियामा अतिकम विकसित मुलुकहरुको अध्यक्षता गरिरहेकाले यो सम्मेलन काठमाडौमा हुन लागेको हो ।
आगामी १७ गते सम्म चल्ने सम्मेलनमा ‘स्थानीय अनुकूलनका लागि आर्थिक लगानी’ विषयक नारा तय गरिएको छ ।
करिब ५० भन्दा बढी मुलुकका सरकारी, गैरसरकारी, विकास अभियान्ता, खोजकर्ता, शैक्षिक संस्था तथा अन्य सरोकारवलाहरु समेत गरेर ३ सय बढीको सहभागिता हुनेछ ।
बेलायतको वातावरण तथा विकासका लागि अन्तर्राष्ट्रिय संस्था (आइआइइडी), बङ्गलादेशको सेन्टर फर एडभान्स स्टडिज (बिसिएएस) र क्लाइमेट चेन्ज नेटवर्क (सिसिएनएन) को सचिवालय क्लीन इनर्जी नेपाल (सिइएन) को सहकार्यमा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयको संयोजनमा सम्मेलन आयोजना हुन लागेको हो ।
सम्मेलनले २४ वटा विविध विषयका प्राविधिक सत्रमार्फत समुदायमा आधारित अनुकूलनका लागि लगानीका ठोस उपायहरुको पहिचान गरी जोखिममा रहेका समुदायको समेत तिनमा पहुँच हुनसक्ने किसिमले उपयुक्त ढाँचाको सिफारिस गरिने बताइएको छ ।