पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति नियुक्त

काठमाण्डु टुडे २०७१ वैशाख १० गते १४:०६ मा प्रकाशित

काठमाण्डु ,१० वैशाख – सरकारले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिको काम गर्ने गरी सहप्राध्यापक शिशिर रिजाललाई नियुक्त गरेको छ ।

कुलपति तथा प्रधानमन्त्री सुशील कोइरालाले सो पदमा रिजाललाई नियुक्त गरेको शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले जानकारी दिए ।

उपकुलपति महेश्वरमान श्रेष्ठलाई अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरेपछि नयाँ नियुक्ति गरिएको हो । प्रधानमन्त्रीले नवनियुक्त रिजाललाई रिक्त रजिष्ट्रार, परीक्षा नियन्त्रक र डीनमा आवश्यक जिम्मेवारी (नियुक्ति) दिन अख्तियारी दिइएको शर्माले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us