कलैया, १० वैशाख – पूर्व राजा ज्ञानेन्द्र शाहले देश र जनताको सुख शान्तिको कामनाका लागि देवी देवताको पूजाअर्चना गरेको बताएका छन् । पूर्व राजा साहले आज बाराको सिसहनिया गाविस वडा नं ३ स्थित सुरेश्वरनाथ महादेवको पूजाअर्चना गरेपछि पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले एक प्रश्नको जवाफ दिँदै वर्तमान मुलुुकको राजनीतिक अवस्था र नेताहरूबाट जनचाहना अनुकूल क्रियाकलाप भएको नभएकाबारे जनताबाट बुझ्न अनुरोध गरे ।