काठमाण्डु, १० वैशाख – सरकारले सगरमाथा आरोहणका क्रममा यही वैशाख ५ गते हिमपहिरोमा परी मृत्यु हुनेका परिवारलाई पाँच लाख सहयोग दिने भएको छ ।
सो घटनामा परी १३ जना आरोहीले ज्यान गुमाएका थिए भने तीन जना बेपत्ता भएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भीमप्रसाद आचार्यले यस प्राकृतिक विपत्ति परी ज्यान गुमाउनेका परिवारजनप्रति समवेदना व्यक्त गर्दै सरकारले पीडित परिवारलाई पाँच लाख सहयोग गर्ने जानकारी दिए ।