नेप्सेमा साढे २० अंकको वृद्धि

काठमाण्डु टुडे २०७६ भदौ १७ गते १६:१६ मा प्रकाशित

काठमाण्डु,१७भदौ–तीव्र नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक साढे २० अंकले बढेको छ । यस दिन नेप्से २० दशमलव ५७ अंकले बढेर ११९० दशमलव ९० बिन्दूमा पुगेको छ ।
कुल १७१ कम्पनीको २१ लाख ८४ हजार कित्ता शेयर ५१ करोड रुपैयाँ भन्दा बढीमा कारोबार भएको छ । कारोबार रकम पनि अन्य दिनभन्दा धेरै हो । यस दिन कारोबारमा आएका अन्य र सामूहिक लगानी कोष समूह बाहेक सबै बढेका छन् । लगातार दुई दिन दोहोरो अंकको गिरावट आएको नेप्सेमा मंगलबार सुधार देखिँदा लगानीकर्ता उत्साहित भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us