काठमाण्डु,१७भदौ– मंगलबार सुनको मूल्य रु ५०० ले बढेको छ । अघिल्लो दिन छापावाल सुन तोलामा ७२ हजारमा कारोबार भएकोमा मंगलबार रु ५०० ले बढेर तोलामा ७२ हजार ५०० मा कारोबार भएको हो । यसैगरी तेजावी सुन ७२ हजार २०० मा कारोबार भएको छ ।