
काठमाण्डु, १० वैशाख – सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भीमप्रसाद आचार्यले सरकारले बारम्बार अवसर दिदा समेत अटेर गरि रोयल्टी नतिरी बन्द गर्ने सञ्चालकहरुबाट जसरी पनि बक्यौता रकम असुल गर्ने दावी गरेका छन ।
रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले एक साता भित्र बक्यौदा नबुझाउ कानूनी प्रक्रियाबाट सञ्चालकहरुबाट असुल उपर गर्ने प्रक्रियाको सुरुवात गर्ने बताए । साक्षात्कारमा मन्त्री आचार्यले सरकार क्यासिनो बन्द गर्ने सोचमा नरहेको स्पष्ट पार्दै पुराना सञ्चालकहरुले सूचारु नगरे नयाँ सञ्चालकहरुलाई सञ्चालनमा ल्याउन आब्हान गर्ने जानकारी दिए ।
उनले भने– हामिले क्यासनो बन्द गर्न खोजेका होईनौ, देश र मजदुरकबो पक्षमा यसलाई प्रक्रियामा लान खोजेका हौ । कसैले बन्द गरेर बचिन्छ भनेर सोचेको भए त्यो सम्भव छैन । सरकारले कानूनी प्रक्रियाबाट बक्यौदा असुल्छ । विधीमा आए अहिलेकै सञ्चालकलाई सञ्चालन गर्न दिन्छौ नभए नयाँ सञ्चालकलाई आब्हान गर्छौ ।