गौशालामा बसको ठक्करबाट एक महिलाको मृत्यु

काठमाण्डु टुडे २०७१ वैशाख १० गते ७:५५ मा प्रकाशित

काठमाण्डु, १० वैशाख – काठमाण्डुको गौशालामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बा २ ख ५०८७ नम्बरको बसको ठक्करबाट भारतीय महिला हिरादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी कालिमाटीमा बस्दै आएकी थिइन् । बसले उनलाई गौशाला चोकमा नै ठक्कर दिएको थियो । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us