मुख्य न्यायाधीश एकराज आचार्यले राजीनामा दिए

काठमाण्डु टुडे २०७१ वैशाख १० गते ७:५२ मा प्रकाशित

suprime coartकाठमाण्डु, १० वैशाख – पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायाधीश एकराज आचार्यले राजीनामा दिएका छन । उनले आजैको मितिबाट लागू हुने गरी राजीनामा गरेका हुन । न्याय परिषद्ले सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्तिका लागि गरेको सिफारिसप्रति असन्तुष्टी जनाउँदै उनले राजीनामा दिएका हुन् । आफूभन्दा कनिष्टलाई न्यायधिशामा सिफारिस गरिएकाले राजीनामा दिएको उनले बताएका छन् ।

न्याय परिषद्ले वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर राणा र जगदीश शर्मा पौडेलको नाम  हिजो सिफारिस गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us