सुनको मूल्य ओरालो लाग्यो

काठमाण्डु टुडे २०७६ भदौ १३ गते १२:४४ मा प्रकाशित


काठमाण्डु,१३भदौ– शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावीको ७२ हजार १ सय रुपैयाँ तोकेको छ ।
बिहीबार छापावल सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय र तेजावी सुनको मूल्य ७३ हजार एक सय पुगेको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि प्रतातोला १० रुपैयाँले घटेर मूल्य ८ सय ८५ कायम भएको छ । हरितालिका तीज पर्व नजिकिए पनि सुनको बढ्दो मूल्यका कारण व्यापार ठप्प भएको व्यवसायीहरुले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us