नाडामा देखियो सर्वाधिक महंगो बाइक, मूल्य ७३ लाख ९० हजार

काठमाण्डु टुडे २०७६ भदौ १३ गते ११:२९ मा प्रकाशित


काठमाण्डु,१३भदौ–यतिबेला नेपालकै सर्वाधिक महंगो बाईक ८०० आरआर एलएच ४४ बाइकको चौतर्फि चर्चा बढेको छ । मूल्य सुन्दा अच्चम लाग्छ । तर गाडीको तुलनामा पनि निकै महँगो उक्त बाइकको मूल्य ७३ लाख ९० हजार रहेको छ ।
बिहिबार मात्र नेपालमा लन्च भएको उक्त बाइक काठमाडौंमा जारी रहेको नाडा अटो सो मेलामा राखिएको छ ।
मेलामा दर्शकहरुको आकर्षण बनेको उक्त बाइकको विशेषता बुझने, मूल्य सोध्ने मात्रै हैन बाइक सँगै बसेर फोटो खिचाउने दर्शकहरु पनि धेरै नै आउने गरेका छन् ।
लुइस ह्याम्लिन्टन र एमभी अगुस्टाको संयुक्त कोलाब्रेसनमा बुटाले ८०० आरआर एलएच ४४ बाइक संसारभरि १४४ वटा बनेको छ।
यीमध्ये साउथ एसियामै नेपालामा एउटा मात्र बिहीबार उक्त बाइक सार्वजनिक गरिएको भेलोसिटी कम्पनीका स्वरुम म्यानेजर करण मोक्तानको भनाइ छ ।
एमभी अगुस्टा ब्रान्डले उत्पादन गरेको मोटरसाइकल भेलोसिटी कम्पनीले आइतबार सम्म चल्ने उक्त अटो सोमा राखेको हो।
कम्पनीले ४३ लाखदेखि ७३ लाखसम्मका बाइक मेलामा राखेको छ । बिहीबार सबैभन्दा महँगो बाइक लन्च गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us