तेह्रथुमको ओखरेमा हिजोदेखि लागेको आगो मध्यान्हबाट नियन्त्रणमा

काठमाण्डु टुडे २०७१ वैशाख १० गते ७:२२ मा प्रकाशित

तेह्रथुम, १० वैशाख –  तेह्रथुमको ओखरेमा हिजोदेखि लागेको आगो आज मध्यान्हबाट नियन्त्रणमा आएको छ  ।

नजिकैको जंगलमा लागेको आगो गाँउमा फैलिएपछि ४ वटा घर जलेको छ भने सयौ हेक्टर बनमा क्षति पुगेको छ । आगो स्थानिय, सेना, प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । हावाहुरीका कारण आगो नियन्त्रण गर्न समस्या परेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us