काठमाण्डु, १० वैशाख – व्यवस्थापिका संसद्को राज्यव्यवस्था समितिको बैठक आज बस्ने भएको छ ।
पहिलोपटक बस्न लागेको बैठकका महत्वपुर्ण एजेण्डा नभएपनि परिचयात्मक कार्यक्रम आगामी कार्यदिशाका विषयमा छलफल हुने भएको छ ।
बैठक दिउसो ३ बजे बोलाइएको समितिका सचिव एवम् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।
आजको बैठकको अध्यक्षता राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नेछन् ।